पोखरा । पछिल्लो २४ घण्टामा कास्कीमा १३४ जना सहित गण्डकीमा ३६६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २०० जनामा गरिएको नमुना परीक्षणमा पोजेटिभ आएको हो। जसअन्तर्गत कास्कीका १३४ जना, तनहुँका ५२ जना, लमजुङका १९ जना, नवलपुरका ३३ जना र स्याङ्गजाका २० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका २८ जना, बागलुङका २७ जना, म्याग्दीका चार जना र मनाङ जिल्लाका एक जनामा पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ । आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५७ हजार ७८४ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट २८९ जना कोरोनामुक्त भएका छन् ।
योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ६३९ पुगेको छ। आइतबार गण्डकीमा सात जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा नवलपुरका तीन जना, गोरखाका एक जना, कास्कीका दुई जना र बागलुङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९७४ पुगेको निर्देशनालयले जनाएको छ ।