Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोलम्बियालाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा,उपाधिका लागि ब्राजिलसँग खेल्ने

कोलम्बियालाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा,उपाधिका लागि ब्राजिलसँग खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • ०९:२३:२३ बजे
  • 1.0K
    SHARES
  • कोलम्बियालाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा,उपाधिका लागि ब्राजिलसँग खेल्ने

    एजेन्सी । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई हराउँदै अर्नेन्टिनाले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको छ ।

    images

    उपाधिका लागि उसले ब्राजिलसँग खेल्नेछ । ब्राजिल यसअघि नै पेरुलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

    आज विहाज ब्रासिलियामा सम्पन्न खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट गरिएको हो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक मार्टिनेजले रोकेका थिए । पेनाल्टी शुटआउटमा कोलम्बियाका जुहान क्वार्डाडो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आआफ्नो टोलीबाट पहिलो प्रहार गरेका थिए । दुवैले गोल गरे । दोस्रो प्रहारमा दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् ।

    अर्जेन्टिनाका रोड्रिगो डी पाउल र कोलम्बियाका ड्याभिन्सन सान्चेसको प्रहार विपक्षी गोलरक्षकले रोकिदिए । त्यसपछि अर्जेन्टिनाका लिन्द्रो पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका यारी मिना र इडविन कार्डोनाको प्रहार मार्टिनेजले रोकिदिए । अर्जेन्टिना ३–२ गोलले विजयी रह्यो ।

    यसअघि खेल सुरु भएलगत्तै अर्जेन्टिनाले अग्रता लिएको थियो । सातौं मिनेटमा कप्तान मेस्सीले उपलब्ध गराइदिएको पास उपयोग गरी लाउटारो मार्टिनेजले शानदार गोल गरी पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा सुधारिएको अर्जेन्टिनाले ६१ औं मिनेटमा बराबरी गोल फर्कायो । इडविन कार्डोनाको लामो पास सदुपयोग गरी लुइस डियाजले काउन्टर एट्याकमार्फत कठिन एंगलबाट गोल गरेका थिए ।

    प्रतियोगिताको नियमअनुसार ३० मिनेटको अतिरिक्त समय नथपी पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो । फाइनल खेल आइतबार विहान हुनेछ ।

  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology