Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा

स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७८ बुधवार • ०९:२५:४५ बजे
  • 1.4K
    SHARES
  • स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा

    एजेन्सी । स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४-२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो ।

    images

    खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा केही आक्रमक शैली अपनाएको इटालीले ६०औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै अज्जुरीलाई अग्रता दिलाएका थिए ।

    खेलमा प्रभुत्व जमाएर पनि १-० ले पछि परेको स्पेनका लागि सब्स्टिच्युट खेलाडी अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । फेरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान प्रवेश गरेका मोराटाले ड्यानी ओल्मोको पासमा सेन्टर लाइनबाट पेनाल्टी एरियमा प्रवेश गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि २००० र २०१२ मा फाइनलसम्म पुगेको इटालीले उपाधि भने जित्न सकेको छैन ।

    तीन पटकको विजेता स्पेन १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । त्यसपछि २००८ र १२ मा लगातार युरो जितेको स्पेन २०१६ मा इटालीसँग पराजित हुँदै क्‍वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology