Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिशूलीमा खस्यो भाटभटेनी सुपरमार्केटको सामानसहितकाे कन्टेनर

त्रिशूलीमा खस्यो भाटभटेनी सुपरमार्केटको सामानसहितकाे कन्टेनर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७७ बिहिवार • ११:२६:१० बजे
  • 1.3K
    SHARES
  • त्रिशूलीमा खस्यो भाटभटेनी सुपरमार्केटको सामानसहितकाे कन्टेनर

    चितवन – विराटनगरबाट काठमाडौँका लागि छुटेकाे मालबाहक कन्टेनर चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा बिहीबार बिहान कन्टेनर त्रिशूलीमा खसेको हो ।

    ट्रकका चालक भने सामान्य घाइते भएका छन् ।

    प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ । बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology