Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इङल्यान्ड युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

इङल्यान्ड युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७८ बिहिवार • १५:३५:५६ बजे
  • 1.4K
    SHARES
  • इङल्यान्ड युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

    एजेन्सी । इङल्यान्डले युरोकप फुटबल प्रतियोगिताको फाइनलमा इटलीसँगको भेट पक्का गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो ।

    images

    १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए । ड्याम्सगार्डले २० यार्ड परबाट सिधैं गोलपोस्टको टप कर्नर ताकेर फ्रिकिक प्रहार गरेका थिए । जारी युरोकपमा इङल्यान्डले खाएको यो नै पहिलो गोल हो ।

    त्यसैगरी जारी युरोमा डाइरेक्ट फ्रिकिकमार्फत भएको यो पहिलो गोल हो । घरेलु मैदान बिम्बलीमा बुकायो साकाको क्रसमा रहिम स्ट्रलिङले नजिकको दूरीबाट गोल गरेपछि इङल्यान्डले ३९ मिनेटमा खेल बराबरी ग¥यो । र, अतिरिक्त समयमा ह्यारी केनले निर्णायक गोल गर्दै इङल्यान्डलाई विजयी गराए । इङल्यान्डले अब फाइनल खेलमा इटलीको सामना गर्नेछ ।

    स्पेनलाई टाइब्रेकरमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो । इङल्यान्डको पोस्टमा ७ सय २६ मिनेटपछि पहिलो गोल जोर्डन पिकफर्डले इङल्यान्डका लागि लामो समय गोल नखाने किर्तिमान यसै खेलमार्फत राखे, तर उक्त किर्तिमानलाई ५ मिनेटभन्दा धेरै लम्ब्याउन पाएनन् । ३० औं मिनेटमा डेनमार्कका ड्याम्सगार्डले गोल गर्नुअघि २७ वर्षीय पिकफोर्डले अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल नखाने इंलिस गोलकिपरको किर्तिमान आफ्नो नाममा लेखाइसकेका थिए ।

    खेलको २५ औं मिनेटमा आइपुग्दा पिकफर्डले कुल ७ सय २१ मिनेटसम्म गोल नखाएर गोर्डन ब्याङ्क्सको पुरानो किर्तिमान तोडेका थिए । ब्याङ्क्सले १९६६ को विश्वकप जित्ने क्रममा ७ सय २० मिनेटसम्म कुनै गोल खाएका थिएनन् । जारी युरोमा लामो समयसम्म गोल नखाने किर्तिमान पनि पिकफोर्डकै नाममा रह्यो, युरोमा यसअघिका ५ खेलमा पिकफर्डले कुनै गोल खाएका थिएनन् ।

    अन्तर्राष्ट्रिय फुटबल लामो समय गोल नखाने किर्तिमान भने इटलीका गियानलुइगी डोनारुम्माको नाममा छ । उनले यही प्रतियोगिताअन्तर्गत अन्तिम १६ को खेलमा अस्ट्रियाविरुद्ध गोल खानुअघि ११ सय ६८ मिनेटसम्म गोल नखाने किर्तिमान बनाएका थिए । यसक्रममा इटलीले ११ वटा अन्तर्राष्ट्रिय खेलमा कुनै गोल खाएको थिएन, जसमा जारी युरोका समूह चरणका तीन खेल पनि समावेश छन् ।

    इटलीकै पूर्व गोलकिपर डिनो जोफको नाममा रहेको ११ सय ४२ मिनेटसम्म गोल नखाने किर्तिमानलाई डोनारुम्माले तोडेका हुन्, डिनो जोफले १९७२ देखि १९७४ सम्म यस्तो किर्तिमान राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology