पोखरा । पछिल्लो २४ घण्टामा कास्कीमा ८६ जना सहित गण्डकीमा २६९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अध्यावधि अनुसार पछिल्लो २४ घण्टामा १ हजार १४१ जनामा गरिएको नमुना परीक्षणमा २६९ जनामा कोरोना पुष्टि भएको हो ।
जसअन्तर्गत कास्कीका ८६ जना, तनहुँका नौ जना, गोरखाका ३३ जना, लमजुङका ३२ जना, नवलपुरका ४८ जना र स्याङ्गजाका ४५ ,पर्वतका पाँच जना र म्याग्दी जिल्लाका ११ जना रहेका छन ।थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५८ हजार ३४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ३५२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५४ हजार २०४ पुगेको छ।
बिहीबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा कास्कीका चार जना र पर्वत जिल्लाका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८१ पुगेको निर्देशनालयले जनाएको छ ।
