Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:३३:०१ बजे
  • 1.3K
    SHARES
  • एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

    एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ दशमलव ५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

    images

    इङ्ग्ल्यान्डको जितमा डेविड मालनले ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

    पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले दुई दुई विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology