Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्रिकेट प्रतियोगिता खेल्न सन्दीप लामिछाने बेलायत उडे

क्रिकेट प्रतियोगिता खेल्न सन्दीप लामिछाने बेलायत उडे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०७८ शुक्रवार • १०:३४:४२ बजे
  • 835
    SHARES
  • क्रिकेट प्रतियोगिता खेल्न  सन्दीप लामिछाने बेलायत उडे

    द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने बेलायत उडेका छन्। उनी गएराति टर्किस एयरबाट बेलायत प्रस्थान गरेका हुन् ।

    images

    त्यहाँ लामिछानेले १० दिन क्वरेण्टीनमा बस्नुपर्ने छ। उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । नेगेटिभ रिपोर्ट आएपछि मात्र टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा लामिछानेले ओभल इन्भिन्सिबलबाट खेल्नेछन् । यो प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुनेछ ।

    यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए । बेलायतबाट लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जानेछन् ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology