एजेन्सी । साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गएराति बेलायतको राजधानी लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
जोकोभिचले सापोभालोभलाई ७–६, ७–५ र ७–५ को सोझो सेटमा पराजित गरेका हुन् । जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् ।
पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियोले फाइनलको यात्रा तय गरिसकेका छन् ।