नुवाकोट । नुवाकोटमा कोरोनाभाइरसको बढी संक्रामक मानिएको डेल्टा प्लस भेरियन्ट भेटिएको छ ।
शुक्रबार त्रिशूली जिल्ला अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै एक नमुनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जानकारी गराएको हो । अस्पतालले विज्ञप्तीमा पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।
डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी संक्रामक रहेको मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले बताए ।
कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञ थप गरेको छ ।