Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा

बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७७ बिहिवार • १४:५४:२४ बजे
  • 2.0K
    SHARES
  • बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा
    बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण बुटवल–४ लक्ष्मीनगरमाथिको चुरे पहाड खसेपछि बस्ती जोखिममा परेको हो । तीनतिरबाट झरेका पहिरोले दर्जनौं रुख र ठूला–ठूला ढुंगाहरु बगाएर ल्याउंदा सुखौरा खोलाको धार नै परिवर्तन गरेको छ । पहिरोले खोला नै थुनिने र बस्तीतिर आउने खतरा बढेको स्थानीय अगुवा टेकराज पन्थीले बताए ।
    दुई सय भन्दा बढी घर, सरकारी र निजी विद्यालय समेत रहेको लक्ष्मीनगरको बस्ती जोखिममा परेपछि स्थानीयले रातभर खोलामा अड्किएका रुख काटेर नदीको धारलाई पुरानै वहाव क्षेत्रमा फर्काउने प्रयास गरेका छन् ।

    तर ठूला–ठूला ढुंगा हटाउन नसकिएको र भारी वर्षा हुँदा जुनसुकै बेला खोला थुनिएर बस्तीतर्फ आउने खतरा रहेको पन्थीले बताए । स्थानीयले पहिरोले ल्याएका ढुंगा हटाउन र खोलालाई पुरानै वहाव क्षेत्रबाट बग्ने बनाउन सरकारी सहयोग मागेका छन् ।

    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य, वडा अध्यक्ष टंक पराजुली र स्थानीय सुरक्षा निकायका प्रमुखहरुले बिहीबार बिहान पहिरो र जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । तत्काल पहिरो नियन्त्रण र खोलाको धार पुरानै वहाव क्षेत्रमा जाने बनाउन जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध गरिएको उपप्रमुख आचार्यले बताइन् ।
    बुटवलको लक्ष्मीनगर र ज्योतिनगर पहिरोको उच्च जोखिम क्षेत्रमा पर्दछन् । एक दशकअघि लक्ष्मीनगरसंगै जोडिएको ज्योतिनगरमा पहिरो जाँदा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology