कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विष्टसहितका ८ जना प्रहरी निर्दोष रहेको जिल्ला अदालत कञ्चनपुरले फैसला गरेको छ ।
जिल्ला अदालत कञ्चनपुरले एसपी विष्टसहित, डिएसपी अगुंर जिसीसहित ८ जना प्रहरी प्रमाण नष्ट गरेको आरोपमा निलम्वनमा परेका थिए ।
एसपी विष्ट, डिएसपी जिसी र ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक रामसिंह धामी र हरसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद कसुरदारलाई बचाउने नियतले प्रमाण दबाएको आरोपमा निलम्वन परेका थिए ।
जिल्ला अदालत कञ्चनपुरले उनीहरु निर्दोषरहेको भन्दै मुद्दा खारेज गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय अब उच्च अदालत जाने तयारीमा छ ।