Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेसी कोपा २०२१ को सर्वाधिक गोलकर्ता ,मेसी र नेमार कोपाको बेस्ट प्लेअर

मेसी कोपा २०२१ को सर्वाधिक गोलकर्ता ,मेसी र नेमार कोपाको बेस्ट प्लेअर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २७, २०७८ आइतवार • ०८:४६:५९ बजे
  • 1.1K
    SHARES
  • मेसी कोपा  २०२१ को सर्वाधिक गोलकर्ता ,मेसी र नेमार कोपाको बेस्ट प्लेअर

    अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् ।

    images

    ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे । कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

    अर्जेन्टिनाका कप्तान लिओनल मेसी र ब्राजिलका नेमार कोपा अमेरिका फुटबल २०२१ को बेस्ट प्लेअर बनेका छन् । दक्षिण अमेरिका फुटबलको सर्वोच्च निकाय कन्मेबोलले फाइनल हुनु एक दिन अघि नै मेसी र नेमारलाई उत्कृष्ट प्लेअर घोषित गरेको थियो ।

    ‘एक मात्र खेलाडी छान्नु सम्भव छैन किनकी यो प्रतियोगितामा दुई उत्कृष्ट खेलाडी छन,’ कन्मेबोलले स्टेटमेन्टमा भनेको छ । अर्जेन्टिनालाई २८ वर्षपछि ठूलो उपाधि दिलाउन मेसीले यस पटक उत्कृष्ट प्रदर्शन गरे ।

    आइतबार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराउँदै उपाधि जितेको छ । माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology