Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकी प्रदेशमा कारोना भाइरसको नयाँ भेरियन्ट बि.१.६१७.२ फेला

गण्डकी प्रदेशमा कारोना भाइरसको नयाँ भेरियन्ट बि.१.६१७.२ फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २७, २०७८ आइतवार • १४:१४:५१ बजे
  • 808
    SHARES
  • गण्डकी प्रदेशमा कारोना भाइरसको नयाँ भेरियन्ट बि.१.६१७.२ फेला

    पोखरा । गण्डकी प्रदेशमा कारोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।

    images

    प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्ति अनुसार स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

    स्याङ्जाकाे कालिगण्डकीका २ पुरुष र गाेरखा बारपाक सुलिकाेटका ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएकाे हाे । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयाेगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाैं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।

    कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ ।

    gandaki-new-varient-791x1024.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology