आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका अर्का कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।बिहीबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दाङ घर भई हाल राजस्व कार्यालय नेपालगन्जमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
यसअघि आज बिहान राजस्व कार्यालय नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा बिहीबार बिहान १२० जनाको स्वाव संकलन गरिएको थियो ।
जसमध्ये आन्तरिक राजस्व कार्यालय, नेपालगंजका कर्मचारी २७ वर्षीय पुरुष, दैलेखका २७ वर्षीय पुरुष र बाँकेकै राप्तीसोनारी गाँउपालिकाका २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
योसँगै भेरी अस्पतालको प्रयोगशालामा पुष्टि भएका संक्रमितको संख्या ८६३ पुगेको छ ।