Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इङ्ग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै इटली युरो च्याम्पियन

इङ्ग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै इटली युरो च्याम्पियन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २८, २०७८ सोमवार • १२:४०:५३ बजे
  • 940
    SHARES
  • इङ्ग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै इटली  युरो च्याम्पियन

    एजेन्सी । इङ्ग्ल्याण्डलाई हराउँदै यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न फाइनल खेलमा इटली च्याम्पियन बनेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै इटली च्याम्पियन बनेको हो।

    images

    खेलको दोस्रो मिनेटमा नै किइरन ट्रिपिअरको पासमा लुक शले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। १ मिनेट ५६ सेकेन्डमा भएको यो गोल युरो कप फाइनलमा सबैभन्दा छिटो भएको गोल हो भने इतिहासमा पाँचौ छिटो भएको गोल हो।

    पहिलो हाफमा इङ्ग्याण्डले अग्रता बनाए पनि दोस्रो हाफमा इटलीले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो। इटलीका लागि लिओनार्दो बोनुचीले ६७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

    निर्धारित समयसम्म खेल १-१ को बराबरीमा रोकिए पछि फाइनल खेल अतिरिक्त समयमा टाँगिएको थियो। यद्यपि अतिरिक्त समयमा पनि दुबै पक्षले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

    पेनाल्टीमा इटलीले ३-२ गोलअन्तरले जित निकाल्यो। इङ्ग्ल्याण्डका मार्कस रासफोर्ड, जोर्डन साञ्चो र बुकायो साका पेनाल्टीमा चुकेका थिए। योसँगै पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्लाण्ड युरोपियन च्याम्पियन हुन चुकेको छ भने इटलीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology