Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुस्ताङ कालिगण्डकी नदीमा बालकको शव फेला

मुस्ताङ कालिगण्डकी नदीमा बालकको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७७ बिहिवार • १९:२८:२५ बजे
  • 3.2K
    SHARES
  • मुस्ताङ  कालिगण्डकी नदीमा  बालकको शव फेला
    कालिगण्डकी नदीमा बिहीबार १ बालकको शव फेला परेको छ । मुस्ताङ थासाङ गाउँपालिका—२ कोबाङ खन्ती गाउँनजिक कालिगण्डकी नदीमा १५ वर्षीय हरि कामीको शव फेला परेको हो ।

    उक्त शव रुकुम घर भई हाल मुस्ताङको घरपझोङ गाउँपालिका —४ जोमसोममा सामान्य जेला मजदुरीको काम गर्ने भीमप्रसाद कामीका १५ वर्षीय छोरा हरि कामीको रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिए ।भीमप्रसादको परिवार विगत साढे २ दशकदेखि मुस्ताङको जोमसोममा सामान्य ज्याला मजदुरीको काम गर्दै आइरहेको छ ।

    प्रहरीले शव पोस्टमार्टमका लागि जोमसोम अस्पतालमा लगेको छ । प्रहरी नायब उपरीक्षक भण्डारीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र घटनामा कुनै पक्ष दोषी देखिए कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology