Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि नेपालगन्जमा निषेधाज्ञा जारी

समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि नेपालगन्जमा निषेधाज्ञा जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७७ बिहिवार • १९:३४:११ बजे
  • 2.2K
    SHARES
  • समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि  नेपालगन्जमा  निषेधाज्ञा जारी
    बाँकेको नेपालगन्जमा  तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्ग गरी पीसीआर परीक्षण गर्दा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।\

    नेपालगन्जमा बिहीबार बसेको बाँके जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

    नेपालगन्जमा बिहीबार बिहान मात्रै २७ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २० जना र बाहिर जिल्लाबाट आएर बसेका ७ जना सरकारी कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

    बाहिर जिल्लाका ७ जनासहित आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार क्वारेन्टाइनमा नरहेका विद्यार्थी र कर्मचारीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

    बाँकेमा क्वारेन्टिनमा बसेकामा कोरोना संक्रमण घटिरहेका बेला समुदायमा रेन्डम स्याम्पलिङ्गबाट परीक्षण गर्दा पुनः कोरोना पाजेटिभ देखिंदा जोखिम बढेका प्रजिअ कुरुम्बाङले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology