Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिला कर्मचारीमा संक्रमण देखिए पछी जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

महिला कर्मचारीमा संक्रमण देखिए पछी जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७७ बिहिवार • १९:३७:४४ बजे
  • 3.8K
    SHARES
  • महिला कर्मचारीमा संक्रमण देखिए पछी जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द
     महोत्तरीको जलेश्वर नगरपालिका बिहीबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

    नगरपालिकामा कार्यरत एकजना २५ वर्षीया महिला कर्मचारीमा संक्रमण देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरपालिकाको कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले जानकारी दिए ।

    ‘२३ दिन अघिदेखि उहाँलाई ज्वरो आएको रहेछ । त्यसपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार बिहान संक्रमण पुष्टि भएको जानकारी उहाँले हामीलाई गराउनु भयो,’ कडरियाले भने, ‘त्यसैले जोखिमलाई मध्यनजर राखेर कार्यालयको अतिआवश्यकीय काम बाहेक सबै बन्द गर्ने निर्णय नगरपालिकाले गरेकाे हो ।’

    कोरोना संक्रमणको उच्च जोखिम रहेका कारण नगरवासीलाई सतर्कता अपनाएर सहयोग गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology