Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैंकिङ कसूरमा लाखौँ जरिवाना ठहरपछि फरार रहेका श्रेष्ठ र मिश्र पक्राउ

बैंकिङ कसूरमा लाखौँ जरिवाना ठहरपछि फरार रहेका श्रेष्ठ र मिश्र पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७८ मंगलवार • १६:११:२३ बजे
  • 1.1K
    SHARES
  • बैंकिङ कसूरमा लाखौँ जरिवाना ठहरपछि फरार रहेका श्रेष्ठ र मिश्र पक्राउ

    नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

    images

    सीआईबीको टोलीले उच्च अदालत पाटनको फैसलाले १५ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना ठहर भएर फरार हुँदै आएका ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.४ घर भई काठमाडौं महानगरपालिका वडा नं.१० थापागाउँ बस्ने ४९ बर्षीय गणेशमान श्रेष्ठ र ७ दिन कैद सजाय र ५२ लाख रुपैया जरिवाना ठहर भएर फरार हुँदै आएका काठमाडौँ-१९ ढोकाटोल बस्ने ६३ बर्षीय महेन्द्र प्रसाद मिश्रलाई आज पक्राउ गरेको हो।

    श्रेष्ठलाई ललितपुरको लामाटारबाट र मिश्रलाई काठमाडौँको महाराजगन्जबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

    सीआईबीका अनुसार पक्राउ परेका श्रेष्ठ र मिश्रले विसं २०७६ मा विभिन्न व्यक्तिबाट रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहुँदै पनि पीडितलाई चेक काटेर दिएका थिए । उनीहरुले दिएका चेक बाउन्स भएकाले बैंकिङ कसूर तथा सजाय ऐन अन्तरगत सजाय हुने फैसला भएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # बैंकिङ कसूर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology