Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना उपचार गर्ने निजी अस्पतालका लागि शुल्क

स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना उपचार गर्ने निजी अस्पतालका लागि शुल्क

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • ०८:४३:५३ बजे
  • 1.4K
    SHARES
  • स्वास्थ्य मन्त्रालयले तोक्यो कोरोना उपचार गर्ने निजी अस्पतालका लागि शुल्क
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को उपचार गर्ने निजी अस्पतालहरुका लागि शुल्क तोकेको छ । मन्त्रालयले गरेको निर्णयमा सूचीमा नपरेका निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न चाहनेहरुले अस्पतालको सहमतिमा उपचार गर्न सक्ने र सेवा शुल्क लक्षण अनुसार तोकिएको हो ।

    मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीहरुको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीहरुको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरुको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भएका हुन् ।

    यसअघि कोभिडको उपचार गर्दै आएका निजी अस्पतालहरुले आफूखुसी शुल्क लिने गरेका थिए ।

    त्यसैगरी कोभिड १९ पीसीआर परीक्षणका लागि सूचीकृत नभएका अस्पतालहरुले शंकास्पद व्यक्तिहरुको पीसीआर परीक्षणका लागि तोकिएको शुल्कको १० प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएका प्रयोगशालाहरुलाई स्वीकृत निर्देशिकाबमोजिम स:शुल्क कोभिड १९ परीक्षणका लागि स्वीकृति दिइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology