Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७८ बुधवार • ०९:४८:३८ बजे
  • 1.3K
    SHARES
  • आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

    एजेन्सी । आयरल्यान्डले दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ । आयरल्यान्डले पहिलो पटक एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो । डुब्लिनमा आयरल्यान्डले दिएको २९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४८ ओभर ३ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो ।

    images

    दक्षिण अफ्रिकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्ग पारी खेले । रस्सी भान डेर डुसेनले ४९ रन र डेभिड मिलरले २४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मार्क एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले दुई दुई विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो । आयरल्यान्डका कप्तान एन्डी बलब्रिनेले १०२ रनको शतकीय पारी खेले ।

    त्यस्तै ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवयोले २ विकेट तथा कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एकरएक विकेट लिए । तीन खेलको श्रृङ्खलामा आयरल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology