Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फुलह्याम च्याम्पियनसिप प्लेअफको फाइनलमा

फुलह्याम च्याम्पियनसिप प्लेअफको फाइनलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • ०९:१३:१९ बजे
  • 2.3K
    SHARES
  • फुलह्याम च्याम्पियनसिप प्लेअफको फाइनलमा
    इंग्लिस प्रिमियर लिगमा पहिलो श्रेणीमा उक्लन संघर्षरत फुलह्याम फुटबल क्लबको सम्भावना कायमै रहेको छ । फुलह्याम च्याम्पियनसिप प्लेअफको फाइनलमा पुगेको छ ।

    बिहीबार राति भएको प्लेअफ सेमिफाइनलको दोस्रो लेगमा कार्डिफ सिटीसँग २(१ ले पराजित भएर पनि फुलह्याम समग्रमा ३(२ को जितसहित फाइनल पुगेको हो ।

    बिहीबार रातिको खेलमा कार्डिफका लागि नेल्सन र टोमलिनले गोल गरे। फुलह्यामका लागि केबानोले एक गोल फर्काए ।

    प्लेअफको फाइनलमा फुलह्यामले आउँदो मंगलबार बे्रन्टफोर्डको सामना गर्ने छ । सो खेलमा विजयी हुने टिम प्रिमियर लिगमा बढुवा हुनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology