Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफ्नो कलेजो काटेर श्रीमानलाई जीवन दान

आफ्नो कलेजो काटेर श्रीमानलाई जीवन दान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७८ बिहिवार • १७:००:३७ बजे
  • 913
    SHARES
  • आफ्नो कलेजो काटेर श्रीमानलाई जीवन दान

    चितवन । चितवन मेडिकल कलेजमा क'लेजो प्र'त्यारो'पण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई क'लेजो प्र'त्यारो'पण गरिएको हो ।

    images

    कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत क'लेजो प्रदान गरेका थिइन् । अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा।सञ्जयकुमार यादव, डा। एकानन्द सिंह, डा।जयन्तकुमार शाह, हेपाटोलोजी डा।सागर पौडेल, डा।वरुण श्रेष्ठ, एनेस्थेसिया डा।किरण अधिकारी, डा।नवीन यादव, डा।सुरेश गौतम, डा।वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा।दीपक अधिकारी, डा।सुवास ओझासहितका टोली प्र'त्यारोपणमा सहभागी रहेका थिए ।

    प्र'त्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई क'लेजो प्र'त्यारोपण गरिएको हो । काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज आउनुभएको जनाइएको छ ।

    सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा।यादवले भने, “गत फागुनमा ‘सि’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो ।” शाहीका पेटमा पानी भरिएको र ठूलो भएको थियो । उनले भन, “अल्कोहलका कारण क'लेजो बि'ग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।”

    कलेजो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उनले भने, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।” उनले अगाडि भने, “दुई देखि तीन महिनामा दुबै जनामा क'लेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।” पत्रकार सम्मेलनमा हेपाटोलोजी डा ।पौडेलले प्र'त्यारोपणका क्रममा झण्डै १३ युनिट रगत खर्च भएको जानकारी दिए ।

    सो कलेजले दोस्रो प्र'त्यारोपण सफल गरेको हो । उनले अघिल्लो प्र'त्यारोपणमा एक÷दुई युनिट रगतले नै पुगेको बताए । बिरामी शाहीको क'लेजोमा रगत जानै नसक्ने ‘ब्ल'केज’ अवस्थामा रहेको जनाउँदै उनले भने, “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ ।” क'लेजोको अन्य समस्या भएपछि गरिने प्र'त्यारोपणमा भन्दा यस्तो समस्यामा प्र'त्यारोपण गराउनु निकै जटिल भएको उनको भनाइ छ ।

    यस अस्पतालमा हाल दैनिक १५ कलेजोका बिरामी उपचारका लागि आउने गरेको सो अवसरमा जानकारी गराइयो । तीमध्ये १० देखि २० प्रतिशत बिरामीको क'लेजो प्र'त्यारोपण गर्नुपर्ने देखिने गरेको छ । कलेजले यसअघि काठमाडौंकी धनकुमारी तामाङको क'लेजो प्रत्यारोपण गरेको थियो । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology