Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतको कुश्मा चुवा गाउँमा एकैपटक १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि

पर्वतको कुश्मा चुवा गाउँमा एकैपटक १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १, २०७८ शुक्रवार • ११:२०:१५ बजे
  • 1.3K
    SHARES
  • पर्वतको कुश्मा चुवा गाउँमा एकैपटक १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् ।

    रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम संक्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए । अनुसन्धानकर्ताले तेस्रो लहरको संक्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए ।

    पर्वतको यो संक्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए । चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय संक्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ ।

    संक्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ । पर्वतमा सक्रिय संक्रमितको सङ्ख्या २०० रहेको छ । दोस्रो लहरमा संक्रमण भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् ।

    कोरोना संक्रमणबाट अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology