Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमण

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट स्थानीय महिलाको मृत्यु

ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट स्थानीय महिलाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • १६:०७:३२ बजे
  • 1.3K
    SHARES
  • ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट स्थानीय महिलाको मृत्यु
    ललितपुर- ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीया महिला स्थानीय बासिन्दा रहेको खुलेको छ ।

    ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा। खगेश्वर गेलालका अनुसार उनी थसिखेलकी स्थायी बासिन्दा हुन्। यही साता कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

    उनी केही समयअघि वीरगन्जबाट काठमाडौँ आएकी थिइन्। 

    तराईबाट आए पनि क्वारेन्टाइनमा नबसेको खुलेको छ। उनको परिवारका अन्य पाँच जनामासमेत कोरोना संक्रमण पुष्टि भएको छ।  मृतक महिला उच्च रक्तचापकी बिरामी थिइन्।  

    शुक्रबार बिहान वीरगन्जमा एक र ललितपुरको एक गरी मृत्यु अहिलेसम्म मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यसको औपचारिक जानकारी भने मन्त्रालयले दिएको छैन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology