Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एउटै समूहमा

टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एउटै समूहमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • ११:११:२७ बजे
  • 1.1K
    SHARES
  • टी २० विश्वकप क्रिकेटमा भारत र पाकिस्तान एउटै समूहमा

    एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आसन्न टी–२० विश्वकपको समूह विभाजन गरेको छ । सुपर–१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । २०२१ मार्च २० सम्मको टी–२० वरियताको आधारमा समूह विभाजन गरिएको हो । विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म यूएई र ओमानमा हुँदैछ ।

    images

    प्रतियोगितामा सहभागी १६ टिमले दुई चरणमा खेल्ने छन् । जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधै सुपर–१२ मा प्रवेश गरेका छन् । सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन् । पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।

    समूह विजेता र उपविजेता गरी चार टिम सुपर–१२ मा पुग्नेछन् । भारत र पाकिस्तानसँगै न्यूजिल्याण्ड, अफगानिस्तान, समूह ‘ए’ उपविजेता र समूह ‘बी’ विजेताले समूह–२ मा प्रतिस्पर्धा गर्नेछन् । समूह–१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता र समूह ‘बी’ उपविजेताबीच खेल हुनेछ ।

    प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # टी २० विश्वकप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology