Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साम्राज्ञीले कपडा बेच्दा चिया बेच्दै वर्षा

साम्राज्ञीले कपडा बेच्दा चिया बेच्दै वर्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७८ शनिवार • १६:१३:५३ बजे
  • 1.3K
    SHARES
  • साम्राज्ञीले कपडा बेच्दा चिया बेच्दै वर्षा

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण स्वास्थ्य र खाद्यान्न बाहेकका प्रायजसो सबै क्षेत्र ठप्प जस्तै छ । नेपालमा पनि सरकारले कोरोना महामार रोक्न भन्दै २०७७ साल चैत ११ गतेबाट शुरु गरेको लकडाउन बीचमा खोले पनि एक वर्ष पछि अर्थात २०७८ बैशाख १६ गते पुनः लकडाउन गर्यो । अहिले आंशिक रुपमा लकडाउन खुलेको छ । अधिकांश क्षेत्रहरु अझै खुल्न सकेका छैनन् ।

    images

    नखुलेका क्षेत्रहरुमध्ये चलचित्र क्षेत्र पनि एक हो । पटक–पटक नयाँ भेरियन्टकासाथ देखापरेको यो महामारीले भर्खर टाउको उठाउँदै गरेको नेपाली सिनेमालाई समेत नराम्ररी असर पुर्यायो । लामो समयको लकडाउन र निषेधाज्ञाले कलाकारहरुलाई लाखा पाखा लगाइदिएको छ । फिल्म क्षेत्र बन्द जस्तै बनेपछि चर्चित नायिकाहरु यो पेशालाई थाती राखेर नयाँ पेशामा लागेका छन् । कुनै बेलाकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अनलाईन ब्यापारमा लागेकी छन् भने पूजा शर्मा चिया बेच्नमा ब्यस्त छिन् ।

    साम्राज्ञीले अनलाइनको माध्यमबाट विभिन्न डिजाइनका पहिरन बेच्दै आएको बुझिएको छ । साम्राज्ञीको सामाजिक सञ्जालमा अहिले हरेक दिन नयाँ नयाँ डिजाइनका पहिरन लगाएका तस्वीर पोष्ट हुनुले पनि यसलाई पुष्टि गर्ने आधार मिल्ने कलाकारहरु नै बताउँछन् । उनले अनलाइनबाटै ‘लेडिज वेयर’ को व्यापार सुरु गरेकी हुन्। साम्राज्ञीले ‘प्याप’ नामको अनलाइनबाट महिलाका पहिरनहरु बेच्दै आएकी छन् । साम्राज्ञीले आफ्नो अनलाइन स्टोरमा पाइने कपडाहरू सहितको फोटोसुट इस्टाग्राममा पोस्ट गर्दै ‘प्याप’ मा सिल्कका पहिरन बढी उपलब्ध हुने जानकारी दिँदै आएकी छन्।

    निषेधाज्ञा केही खुकुलो भएसँगै साम्राज्ञी चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङमा पनि लागेकी छन्। यो निषेधाज्ञाभन्दा अघि नै छायाङ्कन भएका कारण थोरै समय यता दिएकी हुन्। अभिनेत्री वर्षा राउत भने ‘चिया अड्डा’ को नामबाट चिया बेच्दैछिन् । उनलाई यो काममा उनकै श्रीमान संजोग कोइराला तथा दीपकराज गिरी र दीपाश्री निरौलाले साथ दिएका छन् । दीपकको टिम र अभिनेत्री वर्षा राउत र संजोग कोइरालाको लगानीमा काठमाडौंका विभिन्न स्थानमा ‘चिया अड्डा’ पनि शुरु गरिएको छ ।

    त्यसो त अभिनेत्री खुस्बु खड्का भने मास्क व्यवसायमा लागेकी छिन्। कोरोना समयमा विभिन्न स्थानमा मास्क र सेनिटाइज निःशुल्क बाँड्दै आएकी खुस्बुले विभिन्न व्यक्ति तथा संस्थाबाट मास्क सप्लाईको डिमान्ड बढ्न थालेपछि आफैँले व्यवसाय गर्न थालेकी हुन्।

  • सम्बन्धित विषय:

  • # साम्राज्ञी
  • # वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology