Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा देश भर १८७५ जनामा संक्रमण पुष्टि : २१ जनाले ज्यान गुमा

पछिल्लो २४ घण्टामा देश भर १८७५ जनामा संक्रमण पुष्टि : २१ जनाले ज्यान गुमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २, २०७८ शनिवार • १६:५०:५६ बजे
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा देश भर १८७५ जनामा संक्रमण पुष्टि : २१ जनाले ज्यान गुमा

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर १८७५ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि र सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका हुन् ।

    यस्तै देशभर कोरोनाबाट थप २१ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख नाघेको छ ।

    पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology