Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

२४ घन्टामा २२४ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या १९,७७१ पुग्यो

२४ घन्टामा २२४ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या १९,७७१ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७७ शुक्रवार • १६:३७:२७ बजे
  • 2.1K
    SHARES
  • २४ घन्टामा २२४ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या १९,७७१ पुग्यो
    काठमाडौं सहित देशका विभिन्न ठाउँमा स्रोत पहिचान नभएको कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

    पछिल्लो २४ घन्टामा देशैभर २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ २ सय २४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको जानकारी दिए । संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology