Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नमुना संकलन

म्याग्दीमा ७७१ जनाको नमुना संकलन, ५८ जनाको पोजिटिभ

म्याग्दीमा ७७१ जनाको नमुना संकलन, ५८ जनाको पोजिटिभ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७७ शुक्रवार • १६:५४:१९ बजे
  • 1.8K
    SHARES
  • म्याग्दीमा ७७१ जनाको नमुना संकलन,  ५८ जनाको पोजिटिभ
    म्याग्दी जिल्लामा आज शुक्रवार थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशानालयले दिएको जानकारी अनुसार अन्नपुर्ण गाउँपालिका ८ का ४९ वर्षिय र मंगला गाउपालिका २ का ३७ वर्षिय पुरुषमा संक्रमण पुष्टी भएको हो ।

    संक्रमण पुष्टी भएका दुबै पुरुष वहराइनबाट आएका हुन । म्याग्दी क्यामपसको क्वारेन्टाइनमा बस्दै आइरहेका उनीहरुको गत श्रावण ११ गते नमुना संकलन गरी पिसिआर परिक्षणको लागी पोखरा पठाइएकोमा आज रिपोट आएको हो । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागी बेनीको आइसोलेशनमा राखिएको निर्देशानलयले जानकारी दिए ।

    म्याग्दी जिल्लामा हाल ७७१ जनाको नमुना संकलन गरि पिसिआर परिक्षण गर्न पठाएकोमा ७५० जनाको रिपोर्ट आएको जसमा ६९१ जनाको नेगेटिभ र ५८ जनाको पोजिटिभ देखिएको छ ।

    एक जनाको इन्भालिड र २१ जनाको रिपोर्ट आउन बाँकीरहेको स्वास्थ्य निर्देशानलय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताए । लम्सालका अनुसार म्याग्दीमा कोरोना संक्रमितको सङ्ख्या  ४७ जसमा महिला ५ र पुरुष ४२ रहेको छ । जसमा ४१ जना ५ महिला र ३६ पुरुष निको भएर फर्किसकेको उनले बताए ।
    110860369_1153780241686567_7752537463569463552_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology