Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा देश भर १८०१ मा कोरोना पुष्टि,१६६७ जना संक्रमणमुक्त : २३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देश भर १८०१ मा कोरोना पुष्टि,१६६७ जना संक्रमणमुक्त : २३ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ३, २०७८ आइतवार • १७:३८:१६ बजे
  • 964
    SHARES
  • पछिल्लो २४ घण्टामा देश भर १८०१ मा कोरोना पुष्टि,१६६७ जना संक्रमणमुक्त : २३ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    images

    ९ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १६६७ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४।७ प्रतिशत रहेको छ । देशभर २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ५६१ जना आईसीयूमा छन् भन् १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

    त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology