Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

साउन ४ गते सोमबारको राशिफल

साउन ४ गते सोमबारको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • ०९:५५:२१ बजे
  • 1.8K
    SHARES
  • साउन ४ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    images

    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक साथ र समर्थन मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्मसंस्कृति सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दुरीको सफल र लाभदायक यात्रा पनि हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्षउमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज घर परिवारमा झैझमेलाको अवस्था आउला । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ । आर्थिक पक्ष पनि कमजोर रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

  • सम्बन्धित विषय:

  • # राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology