Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७८ सोमवार • १०:०१:०४ बजे
  • 1.0K
    SHARES
  • टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

    एजेन्सी , इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ । लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २०१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो ।

    images

    पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन बनाए । इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले दुई दुई विकेट तथा टोम करन र माट पाकिर्नसनले एक एक विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे ।

    पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले दुई दुई विकेट लिए । यस्तै शहेन साह अफ्रिदी र शादब खानले एक एक विकेट लिए । जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # टी–२० क्रिकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology