एजेन्सी | टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी महिला जिम्नास्टिक खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीसँगै अर्का एक खेलाडी पनि सम्पर्कमा आएको खुलेको छ ।
संक्रमण पुष्टि भएकी जिमनास्टिक खेलाडीमा कुनै लक्षण नदेखिएको बताइएको छ । इन्जाई शहरमा रहेको ट्रेनिङ्ग क्याम्पमा रहेकी उनी संक्रमित पुष्टि भएपछि आइसोलेशनमा बसेकी छिन् ।
संक्रमितसँगै सम्पर्कमा आएका अर्का एक सदस्यलाई पनि क्वारेन्टिनका लागि होटल पठाइएको छ ।