Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

चीन, बेलायत र अमेरिकाले तयार गरेका कोरोना विरुद्धको भ्याक्सिन तेस्रो चरणको परीक्षण हुँदै

चीन, बेलायत र अमेरिकाले तयार गरेका कोरोना विरुद्धको भ्याक्सिन तेस्रो चरणको परीक्षण हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७७ शुक्रवार • २१:४२:४२ बजे
  • 2.4K
    SHARES
  • चीन, बेलायत र अमेरिकाले तयार गरेका कोरोना विरुद्धको  भ्याक्सिन तेस्रो चरणको परीक्षण हुँदै
    एजेन्सी । कोरोना भाइरसका केही भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् । चीन, बेलायत र अमेरिकाका कम्पनीले तयार गरेका केही भ्याक्सिन तेस्रो चरणको परीक्षणमा रहेका छन् । संसारभरका देशले सबैभन्दा पहिले यो भ्याक्सिन कसलाई दिने भन्ने निर्णय गर्न सकेका छैनन् ।

    कसरी यो भ्याक्सिनको प्रयोग गर्ने र कोरोनाविरुद्ध सुरुवाती कम डोज कसरी दिने भन्ने चिन्ता विभिन्न देशलाई परेको छ । अमेरिकासहितका कयौँ देशले पहिलो पटक भ्याक्सिन लगाउने व्यक्तिको पहिचान थालेका छन् । पहिलो पटक भ्याक्सिन लगाउने व्यक्तिका बारेमा वरिष्ठ चिकित्सकले नै तयारी थालेका छन् । सन् २००९ मा एचवान एनवान इन्फ्लुएन्को समयमा योजना बनाइरहेका वरिष्ठ चिकित्सकहरुले यो योजना बनाइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन दिने समूहमा स्वास्थ्यकर्मी, वृद्धवृद्धा, फ्रन्टलाइनमा काम गर्ने, आइसियुमा भर्ना भएका बिरामी लगायत गम्भीर रोग लागेका व्यक्तिहरु सामेल गरिएको छ ।

    त्यो समूहको आधारमा डोज र प्रभावकारीता थप पुष्टि हुने अधिकारीहरुले बताएका छन् । अमेरिकामा क्लिनिकल ट्रायलमा रहेका दुई भ्याक्सिनले राम्रो नतिजा दिएको छ । अन्तिम चरणमा रहेका दुई भ्याक्सिनको परीक्षण ३० हजार व्यक्तिमा भइरहेको छ । अमेरिकी अधिकारीले सन् २०२० को अन्तिमसम्म पहिलो डोज तयार हुने बताएका छन् । त्यसैले अमेरिकी सरकारलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने व्यक्तिको पहिचान गर्न समय छ ।
    20200731_195554.jpg
    अमेरिकामा रंगभेद र नश्लभेदको मुद्दा ठूलो छ । त्यसैले अमेरिकाले यो विषयमा निर्णय गर्न धेरै नै समस्या हुने देखिएको छ । नेसनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक फ्रान्सिस कोलिन्सले यो विषय ठूलो विवादको विषय भएको बताएका छन् । उनले अमेरिकी सरकारले प्राथमिकता निर्धारण गरिरहेको पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology