पोखरा । पछिल्लो २४ घण्टामा देशभर ३,१०८जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार १३५ जनाको पीसीआर परीक्षणमा मंगलबार थप ३,१०८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।
यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ५३१, ललितपुर १४७ र भक्तपुरमा ४१ जनामा संक्रमण देखिएका हुन् ।