पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छा । पछिल्लो २४ घण्टामा १ हजार २०४ जनाको नमुना परीक्षण गरिएकामा ४३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये २०८ महिला र २३० जना पुरुष रहेका छन् ।
प्रदेशका ९ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १७९, बागलुङ ६१, स्याङ्जा २९, मुस्ताङ ७, म्यादी २०, पर्वत ३, गोरखा २०, लमजुङ २५, तनहुँमा २० र नवलपुरमा ७४ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६२ हजार ३६१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–५की ६८ वर्षीय महिला, पोखरा–१६ की ५१ वर्षीय महिला, पोखरा–१७ की ४० वर्षीय महिला, पोखरा–२९ की ७२ वर्षीय कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
त्यसै गरी लमजुङ मर्स्याङ्दी–७ का ५३ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार–८का ८८ वर्षीय पुरुष र म्याग्दी मंगला–२ की २७ वर्षीय कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३८ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५८ हजार २९३ पुगेको छ ।
त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३० जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।
