Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

सांसदसहित ६४ जनामा कोरोना संक्रमण

सांसदसहित ६४ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७७ शनिवार • ०८:५५:३१ बजे
  • 1.5K
    SHARES
  • सांसदसहित ६४ जनामा कोरोना संक्रमण
    कोरोना भाइरस (कोभिड–१९) महामारीको इपिसेन्टर बन्दै गएको पर्सामा सांसदसहित थप ६४ जनामा संक्रमण पुष्टि भएको छ । पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६४ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । सांसद यादवलाई वीरगञ्ज महानगर–१३ राधेमाइ टोलस्थित आफनै निवासमा होम आइसोलेसनमा राखिएको छ ।

    खोकी लागेपछि यादवले शुक्रबार अस्पताल पुगेर पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएका थिए । यसअघि बिहीबार मात्र वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ मध्ये ६१ पुरूष र ३ जना महिला रहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology