Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाल राष्ट्र बैंक सहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै अमेरिकाबाट अपरिचित नम्बरबाट फोन र इमेल

नेपाल राष्ट्र बैंक सहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै अमेरिकाबाट अपरिचित नम्बरबाट फोन र इमेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७८ बिहिवार • १०:२६:२५ बजे
  • 1.4K
    SHARES
  • नेपाल राष्ट्र बैंक सहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै अमेरिकाबाट अपरिचित नम्बरबाट फोन र इमेल

    पोखरा । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने भन्दै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थाहा भएको छ। यो समाचार थाहा खबरले लेखेको छ ।

    images

    ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ। सोही पत्र राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको उनीहरूले जानकारी दिएका छन्।

    प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको हो। ‘अंग्रेजीमा भाषामा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदैछ भनेर फोन काट्यो,’ उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौँ।

    सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरण निम्ति उपाय अपनाउन आग्रह गरेका छौँ।’ इमेलमार्फत पत्र र टेलिफोन कल आएकोबारे जानकारी सरोकारवाला समक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको ढकालले जानकारी दिए।

    यस्तो छ ह्याकरको चेतावनी :

    bank list.png

  • सम्बन्धित विषय:

  • # ह्याक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology