Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा कोरोना संक्रमण फेरि बढ्न थाल्यो,२७४ जना संक्रमित थपिए

कास्कीमा कोरोना संक्रमण फेरि बढ्न थाल्यो,२७४ जना संक्रमित थपिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७८ बिहिवार • २२:३१:५१ बजे
  • 934
    SHARES
  • कास्कीमा कोरोना संक्रमण फेरि बढ्न थाल्यो,२७४ जना संक्रमित थपिए

    पोखरा । कास्कीमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा कास्कीमा २७४ जना संक्रमित थपिएका छन् । कास्कीका ४६६ जनामा परीक्षण गर्दा ५० प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार बिहीबारसम्म कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर १ हजार २६८ पुगेको छ । असार १४ गते जोर बिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्ने निर्णय हुनुअघि यो संख्या ५३२ रहेको थियो । कास्कीमा मात्रै नभई लकडाउन खुकुलो भएपछि प्रदेशभर सक्रिय संक्रमितको संख्यामा दोब्बर वृद्धि भएको निर्देशनालयले जनाएको छ । निषेधाज्ञा खुकुलो गरेर सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको दिन गण्डकीमा २ हजार ७०६ जना सक्रिय संक्रमित थिए । तर, अहिले उक्त संख्या बढेर २ हजार ९२२ पुगेको छ ।

    प्रदेश निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा बिहीबारसम्म सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । गण्डकीकै नवलपरासी पूर्वमा ४२८ जना सक्रिय संक्रमित छन् । गण्डकीमा हालसम्म १ हजार ४४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याँ भयो : निर्देशनालय प्रदेश स्वास्थ्य निर्देशनालयले निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा संक्रमण दर उकालो लाग्न थालेको बताएको छ ।

    निर्देशनालय प्रमुख खिमबहादुर खड्काले निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड पालनामा पनि कमी आएको बताए । ‘निषेधाज्ञा खुकुलो भएपछि मास्क पनि लगाउन छाडिएको छ । घुलमिल उत्तिकै बढेको छ,’ प्रमुख खड्काले भने, ‘पछिल्लो समय खोप लगाइसकेको भनेर खुला हिंड्नाले पनि संक्रमण झनै बढेको देखिन्छ ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology