Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना पुष्टि, थप १८ को मृत्यु

पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना पुष्टि, थप १८ को मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • २०:२९:३८ बजे
  • 718
    SHARES
  • पछिल्लो २४ घण्टामा २९७७ जनामा कोरोना पुष्टि, थप १८ को मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देश भर दुई हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ३०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार १३ हजार ६९८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९८२ जना र ३ हजार ६१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३० हजार १४६ पुगेको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ३०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology