Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टोकियो ओलम्पिकमा नेपाली झन्डा फहरायो

टोकियो ओलम्पिकमा नेपाली झन्डा फहरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १०:२६:३४ बजे
  • 1.5K
    SHARES
  • टोकियो ओलम्पिकमा नेपाली झन्डा फहरायो

    शुक्रबारबाट जापानमा औपचारिक रूपमा सुरु भएको ३२औं गृष्मकालीन टोकियो ओलम्पिकमा नेपाली झन्डा फहराएको छ । जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिकको औपचारिक शुभारम्भ गरिएको हो। उद्घाटन समारोहमा दुई सय पाँच देशका ११ हजारभन्दा बढी खेलाडीले मार्चपास गरेका थिए।

    images

    कार्यक्रममा जापानको सांस्कृति, परम्परा, रीतिरिवाज, आर्थिक तथा सम्पन्नता झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो। टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झन्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले बोकेका थिए। उनीहरूसँगै जुडो खेलाडी सोनिया भट्ट र सुटिङ खेलाडी कल्पना परियारले मार्च पासमा सहभागिता जनाएका थिए। एलेटिक्स खेलाडी सरस्वती चौधरी भने आइतबार मात्रै जापान जाने छिन्।

    उनी नेपालमै तयारीमा व्यस्त छिन्। नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतको टोली सहभागी छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology