Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कल्पना परियारद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग

कल्पना परियारद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १०:२९:२१ बजे
  • 2.1K
    SHARES
  • कल्पना परियारद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग

    जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी छिन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव ८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान तोडेकी हुन् ।

    images

    सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव २, दोस्रोमा १०५ दशमलव ४, तेस्रोमा १०१ दशमलव ०, चौंथोमा १०४ दशमलव १, पाँचौँमा १०३ दशमलव ४ तथा छैटौं सिरिजमा १०० दशमलव ७ अंक जोडिन् । परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव ५ अंक बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

    परियार सागमा चौंथो भएकी थिइन् । उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिइएकी छिन् । परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी थिइन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव ९ अंकका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव ७ अंकसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव ४ अंकका साथ तेस्रो भए ।

    टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय कीर्तिमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology