Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टोकियो ओलम्पिक : नेपाली जुडो खेलाडी सोनिया पराजित

टोकियो ओलम्पिक : नेपाली जुडो खेलाडी सोनिया पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १०:३३:५९ बजे
  • 2.2K
    SHARES
  • टोकियो ओलम्पिक : नेपाली जुडो खेलाडी सोनिया पराजित

    जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् । केहीबेरअघि सम्पन्न खेलमा भट्टले राउन्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार व्यहोरेकी हुन् ।

    images

    जुडोको विश्व वरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औं स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व वरियताको नवौं स्थानमा रहेकी छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय व्यहोर्नुपरेको हो । भट्टले सो खेलमा विपक्षी खेलाडसंग १ मिनेट १६ सेकेन्डसम्म मात्र भिड्न सकिन् ।

    उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् । भट्टले २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् । त्यस्तै आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले राष्ट्रिय किर्तिमान बनाए पनि पराजय व्यहोर्नुपरेको थियो ।

    टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्री स्टाइल, शाहले पुरुष १०० मिटर फ्री स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छ । रासस

  • सम्बन्धित विषय:

  • # टोकियो ओलम्पिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology