Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज गुरु पूर्णिमा

आज गुरु पूर्णिमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १०:३६:४० बजे
  • 3.0K
    SHARES
  • आज गुरु पूर्णिमा

    आज आषाढ शुक्ल पूर्णिमा, शनिबार । आज गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको स्थान उच्च छ । ‘गु’को अर्थ ‘ अन्धकार’ र ‘रु’को अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञानलाई प्रकाशतर्फ डोर्याउन सफल हुने नै गुरू कहलिन्छ ।

    images

    पण्डित माधवप्रसाद शर्माले ‘गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञान हटाएर ज्ञान प्रदान गर्नेलाई ‘गुरू’ भनिने बताउँछन् । ‘गुरू नै यथार्थ ब्रम्ह हो र उनकै योगदानको चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ,’ उनी भन्छन्, ‘आज गुरू पूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ ।

    वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद् लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।’ यसदिन गुरूलाई सम्मानपूर्वक उपहारसमेत दिने चलन छ । कतैकतै त गुरूदक्षिणा पनि दिइन्छ । परापूर्वकालमा गुरू भन्नेबित्तिकै गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुँबाण सिकाउने मानिन्थ्यो तर अहिले गुरूको परिभाषाले विशाल रुप पाएको छ ।

    व्यक्तिगत गुण, राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरूले नै सिकाउँछन ।

  • सम्बन्धित विषय:

  • # गुरु पूर्णिमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology