Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमित, २,१९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमित, २,१९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १७:४८:१४ बजे
  • 1.0K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमित, २,१९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    images

    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ । त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ । हालसम्म देशभर ३५ लाख २८ हजार ५१४ नमुनाको पीसीआर परीक्षण भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology