Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेम सञ्जेलमाथि कार्यकक्षमै महिला कर्मचारीद्वारा आक्रमण

प्रेम सञ्जेलमाथि कार्यकक्षमै महिला कर्मचारीद्वारा आक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७७ शनिवार • २१:०४:५४ बजे
  • 1.7K
    SHARES
  • प्रेम सञ्जेलमाथि  कार्यकक्षमै महिला कर्मचारीद्वारा आक्रमण
    Photo by Biratnagar 
    श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल शनिबार आफ्नै कार्यालयका महिला कर्मचारीबाट कुटिए। भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित सञ्जेललाई शनिबार बिहान ११ बजेतिर कार्यालयका दुई महिला कर्मचारीले हातपातको मोरङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार कार्यालय सहयोगीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले सञ्जेलमाथि आक्रमण गरेका हुन। दुवै करारका कर्मचारी हुन।

    सार्वजनिक विदाका दिनसमेत सेवाग्राहीको काम गर्दै आएका सञ्जेलले कार्यालय पुग्ने बित्तिकै आफूलाई कार्यकक्षमा पुग्ने बित्तिकै आफूमाथि हातपात गर्न खोजेको प्रहरीलाई बताएका छन। ‘कामको खटनपटनको विषयमा विवादका क्रममा कार्यालयकै दुई महिला कर्मचारीले हातपात गर्नुभएको रहेछ,’ प्रहरी उपरीक्षक खड्काले नेपालखबरसँग भने, ‘दुबै पक्षलाई कार्यालयमा बोलाएर छलफल गरिएको छ। बाँकी विषय अनुसन्धानकै क्रममा छन।’ सञ्जेलका अनुसार दुबै जना मिलेर टेबलमा रहेका सामानहरुले उनीमाथि आक्रामक गरेका थिए। आक्रमणबाट उनको औला, हात, आँखा, ओठ र अनुहारमा सामान्य चोट लागेको छ। सञ्जेलले नै बिहान साढे ११ बजेतिर फोन गरेपछि प्रहरी कार्यालय पुगेको थियो।

    सञ्जेलले सेवाग्राहीको काममा लापरवाही गरेको तथा नक्कली बिल बनाएको भन्दै करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकाली दिएका थिए। उनी हातपातमा उत्रने मध्येकी एक नेत्र भट्टराई(निरौला)का बहिनी ज्वाईं भएकाले आफूमाथि जाईं लागेको सञ्जेलले बताए। यस्तै सञ्जेलले कार्यालयको मोटर चोरी भएपछि सामाग्रीको सुरक्षा नभएको भन्दै चार जना करारका कार्यलय सहायकमध्ये पालो पालो गरी दुई दुई जनालाई २४सौं घण्टा काममा खटाएका थिए। त्यसैको रिस फर्न महिला कर्मचारीले हातपात गरेको सञ्जेलले प्रहरीलाई बताएका छन।

    महिला कर्मचारीले भने खरो स्वभावका सञ्जेलले कामका विषयमा धेरै तनाव दिने गरेको बताएका छन। उनीहरुले काममा झर्केर बोल्ने गरेको आरोप सञ्जेलमाथि लगाएको प्रहरीले जनाएको छ। २०७५ असोजमा विराटनगरको श्रम कार्यालयमा पठाए लगत्तै ७० दिनमै उनको सरुवा गरिएको थियो। त्यसबेला आफूलाई कार्यअवधि नपुगी गैरकानुनी रुपमा हटाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले उनको रिट उपर सुनुवाई गर्दा निजामती कर्मचारी ऐन विपरित सरुवा गरेको ठहर गर्दै उनको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology