Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वरिष्ठ उपाध्यक्षको हस्तक्षेप कारण फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा

वरिष्ठ उपाध्यक्षको हस्तक्षेप कारण फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १३:२४:२९ बजे
  • 1.2K
    SHARES
  • वरिष्ठ उपाध्यक्षको हस्तक्षेप कारण फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा

    पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    images

    सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले एन्फाबाट राजीनामा दिन लागेको घोषणा गरेका हुन् । उनले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

    ‘म राजीनामाका लागि एन्फा जाँदैछु, त्यसको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्,’ उनले लेखेका छन्, ‘पछिल्लो तीन हप्तादेखि उनले मसँग नाटक गरिरहेका छन् ।’

    साथै उनले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई मेन्सन गर्दै भनेका छन्, ‘मलाई आशा छ, अब तपाईं खुशी हुनु भयो ।’ यस विषयमा अलमुताइरीले नेपाली समर्थकसँग माफी पनि मागेका छन् ।

    अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली फुटबलले लय लिन थालेको थियो । युवा खेलाडीलाई स्थान दिने र नयाँ प्रयोग अलमुताइरीका विशेषता हुन् ।

    एन्फाले औपचारिक रुपमा चैत २२ गते उनलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। त्यसपछि उनको नेतृत्वमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कप क्वालिफायर्सको खेल खेलेको थियो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology