Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७७ शनिवार • २२:४०:५५ बजे
  • 1.6K
    SHARES
  • थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु
    पर्सा - एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत वीरगञ्ज १६ नगवाकी अर्की एक ६८ वर्षीय वृद्ध महिलाको शनिबार दिउसो मृत्यु भएको नारायणी अस्पतालका डा।रज सिंहले जानकारी दिए ।  उनी ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी थिइन

    ।उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो उनलाई बयोधा अस्पतालबाट थप उपचारका लागि नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको डा।सिंहले बताए ।

    अबेर राति आएको रिपोर्टमा मृतक वृद्ध महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा। सिंहले जानकारी दिए ।  

    यो सँगै पर्सा जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology